देशले मुहार फेर्नेछ प्रिये
ईतिहासले हामीलाई हेर्नेछ प्रिये
देशै बिग्रे हाम्रो प्रेम के सफल होला?
पिर नलेउ सुखले घेर्नेछ प्रिये
राम्रो सोचौँ भलो गरौँ दिन बित्दै जाँदा
शत्रुले नि हाम्रो कुरा टेर्नेछ प्रिये
न्यायको पछि लाग्दा ज्यानै दिनपरे पनि
त्येसको सम्मान दुनियाले गर्नेछ प्रिये
तिम्लाई मैले विस्वास गरे कसो होला?
अनि तिमी मेरो भर परे कसो होला?
जीन्दगी यो समुन्द्र हो एक्लै तर्न कठिन छ
तिमी र म एउटै नाउमा तरे कसो होला?
सँधै बस्छौ कौशिमा म एक्लै तल हुन्छु
अब देखि मेरो तिर झरे कसो होला?
तिम्रो माया मेरो मनमा गाँसे हुन्थ्यो सँगै
यदि तिम्ले तेसो गरे कसो होला?
प्रतिकृयाहरु
2 hours 3 min ago
2 hours 3 min ago
2 hours 5 min ago
15 hours 50 min ago
1 day 13 min ago
1 day 2 hours ago
1 day 2 hours ago
1 day 2 hours ago
1 day 2 hours ago
1 day 2 hours ago