suman zee(chaulagain)

9
Jan

त्यै तोरि मन परो

अस्ति सँगै बसेकि गोरी मन परो
नचाहाँदै छुटेकि मोरी मन परो

ख्याल ख्यालमै फसेछु आँखाको जाल भित्र
लुकिलुकि मेरो मन को चोरि मन परो

सोझि जस्तै लाग्थी मोरि आफु भन्दा चालु रैछ
मुटु भित्रै पासो लाउने डोरि मन परो

कहिले कतै जिस्काएर तोर्पे कान्छी भन्ऩ मिल्ने
त्येहि भर त मलाई त्यै तोरि मन परो

Syndicate content