"निर्दोष छँदाछँदै,,,,,!"

थाहै नपाई म त हजुर कस्तो भुलमा परें
नाफक्रिन्दै कोपिलैमा ओइलाएर मत झरें

रहर मनको सगरमाथा बिलाएरै गयो नि
आफ्नो आँसु नदि बनाई माझी बनि तारें

वारी-परि रंगी-चंगी फूलहरु फुल्दा-झुल्दा
फूलले पनि बिझाउला भनि`म`नै पर सरें

जहाँ हिडें उजाड मरु भुमि मात्र भेटें
अतृप्त त्यो प्यास भित्र कैयौ पल्ट मरें

मत भन्थे`मै`मात्र अन्धो दुनियानै अन्धो रैछ
निर्दोष छँदा छँदै,सबको नजरमा,मै,दोषी परें

मिना बान्तवा "मृदु"

2 comments

6
Dec

shyam ji yahalaai dhnybad

shyam ji yahalaai dhnybad commentko lagi,"mridu"

5
Dec

प्रयास राम्रा छन् लेखाइ

प्रयास राम्रा छन् लेखाइ (शब्द) नि शुद्द पार्न पाए अतिउत्तम...........

प्रतिकृया लेख्नुस्

The content of this field is kept private and will not be shown publicly.