तिमीले मलाई थोरै भूली दिए हुन्छ प्रिय
जीन्दगी जिउँनलाई थोरै पिए हुन्छ प्रिय
तिम्रो मन सियो धागोले नै बनेको रहेछ
आफ्नो मन आफैले थोरै सिए हुन्छ प्रिय
स्वतन्त्र दिन्छु तिमीलाई जान र आउँन
सम्झिन्दै र बिर्सिंदै नाम लिए हुन्छ प्रिय
सधैंको लागि बैना प्रियसी सम्झ मलाई
मेरो तिम्ती मर्दै बाच्दै जिए हुन्छ प्रिय
गार्हो भो कसरी विश्वास दिलाउँ तिमीलाई
अंधा विश्वासमा नै तिमी खिए हुन्छ प्रिय
मिना बान्तवा "मृदु"
No comments available.
प्रतिकृया लेख्नुस्