
Composed Date : 2065-02-11
==========================
फर्की फर्की हेरे पछी मैले राखें प्रेम प्रस्ताब
मायाँ जालभै घेरेपछि मैले राखें प्रेम प्रस्ताब
संगीहरुको बीचबाट जब एउटा छड्के नजर
मैमा दृस्टी फेरेपछि मैले राखें प्रेम प्रस्ताब
प्रेम पत्र लेखि कुर्थेउ भन्ने मैले सुनेको थे
सयौ पत्र केरेपछी मैले राखें प्रेम प्रस्ताब
नदेखेमा केके केके हुन्छ भन्दै तिमि मलाई
अँगालोमै बेरेपछी मैले राखें प्रेम प्रस्ताब
आहा कस्तो भाग्य मेरो ढुंगा खोज्दा देउता मिल्यो
भाग्यलेनै टेरेपछी मैले राखें प्रेम प्रस्ताब
No comments available.
प्रतिकृया लेख्नुस्