सबैले पिउँदा हुने के हुन्छ म पनि पिउँदैछु मित्र
अरु मधु प्यालामा जिउँदा म पनि जिउँदैछु मित्र
सुरु गरे मैले पनि आजै देखि ठाडो घाँटी लाउँन
पापी व्याधाले हानेर लागेको बाण सीँउँदैछु मित्र
पिउँन नपाउदा जिउहात काम्ने रोगले छोई सको
कस्लाई थाहा निकोटिनले भित्रबाटै खिंउँदैछु मित्र
यताउति अल्लो भट्टी पल्लो भट्टी गल्लि चहार्दै
भट्टीको प्याला वर्षाले जाडो छलेन हिउँदैछु मित्र
सबैले पिउँदा हुने के हुन्छ म पनि पिउँदैछु मित्र
अरु प्यालामा जिउँदा हुने म पनि जिउँदैछु मित्र
मिना बान्तवा "मृदु"
झापा नेपाल
हाल इजरायल
No comments available.
प्रतिकृया लेख्नुस्