"मेरो रंगमा तिम्रो रंग"

मेरो रंगमा तिम्रो रंग, घोलिए जस्तो लाग्यो!!
हाम्रो मनको ढुक-ढुकी, टोलिए जस्तो लाग्यो!!

तिमी नजिक आई पुग्दा, बतास सरी त्यसै
एक छिनको मायाँ प्रिती, गोलिए जस्तो लाग्यो!!

एकै झलक हेर्दा खेरि, नजरले गोलि मार्र्यो
हिरा निलम रत्न साथै, मोलीए जस्तो लाग्यो!!

सबै शरीर जता-तता, काउकूती लाग्न खोजि
हाम्रो मायाँको घुम्टोहरु, खोलिए जस्तो लाग्यो!!

वर्षा उन्मात भेल झरी, आउँदा बगर् भरि
दुई दोभानको नाता अब, डोलिए जस्तो लाग्यो!!

कालो औसिको रात हुँदा, साथमा तिमी थियौ
रात धिपिकै जुन-किरी, लोलीए जस्तो लाग्यो!!

मिना बान्तवा "मृदु"

1 comment

27
May

tapai ko vgazal pada ramro

tapai ko vgazal pada ramro lagyo, gazal bidha ma tapai ko yatra sadai aaghi badirahos mero tarfa bata subakamana

प्रतिकृया लेख्नुस्

The content of this field is kept private and will not be shown publicly.