आफैलाई मैले मराएथे।

तिमिले मन दियौ,मैले पनि मन पराएथे
तिमिले देखाएको प्रेमालापमा बेहोसभै हराएथे

प्रेमलोकको हजारतले धरहरामाथी चढाइदियौ
न लिफ्ट् थियो न भर्‍याङ्ग,त्यसैले म डराएथे

माथीतला बार्दलीमा लगी घचाटेर झारीदियौ
धेरैले सुने तिमिले सुनेनौ, चिच्याएर कराएथे

बैंशको रस सबै चुसी तिमिले फुत्त फालिदियौ
तिम्रो विश्वासमा परि आफैलाई मैले मराएथे।

1 comment

25
Mar

superrrrrr 6 hai bro...

superrrrrr 6 hai bro...