
तिमीले खाने मैले खाने चारो एउटै हो
अछुत किन भन्छौ मलाई धारो एउटै हो ।
रगत तिम्रो सेतो भए मेरो भन्नु छैन
केशीकामा बग्ने कणको पारो एउटै हो ।
महल तिम्रो बास होला झुपडी चैं मेरो
हुरी बतास छेल्छ यस्ले गारो एउटै हो ।
नजर सबै राम्रो भए छैन जातभात
फर्क माथी हेरौ आकाश तारो एउटै हो ।
जीवन जल्छ एक दिन बाच्दा बाँडौं माया
मृत्युपछि पोल्ने काठको घारो एउटै हो ।
-
प्रतिकृयाहरु
2 hours 9 min ago
2 hours 10 min ago
2 hours 11 min ago
15 hours 57 min ago
1 day 19 min ago
1 day 2 hours ago
1 day 2 hours ago
1 day 2 hours ago
1 day 2 hours ago
1 day 2 hours ago