तलतिर बगाएथ्यौ

चिटिक्क परि आएथ्यौ,निलो ब्लाउज निलै सारी लगाएथ्यौ
टाढैबाट चिने तिमिलाई,झलल जग-मगाएथ्यौ

रातो गुलाव समाएथ्यौ,तिमि त्यसै त्यसै रमाएथ्यौ
जब मेरो छेऊ आएथ्यौ, सुगन्ध उसै मग-मगाएथ्यौ

मन मेरो रङ्गाएथ्यौ,मुटु मेरो नङ्गाएथ्यौ
बाहुपाशमा सुताएथ्यौ,हल्लाई मलाई जगाएथ्यौ

आतिएर डराएथ्यौ, हतार मलाई गराएथ्यौ
ढोका भित्रबाट चुकुल लगाई,झ्यालबाट भगाएथ्यौ

परबाट को आएथ्यौ,पाईला तिम्रो डगमगाएथ्यौ
आफु चाँहि उकालो लागि,मलाई तलतिर बगाएथ्यौ

2 comments

29
Dec

धन्यबाद् पुर्ण थापा जी! मन

धन्यबाद् पुर्ण थापा जी!
मन पराईदिनु भएकोमा

28
Dec

चिटिक्क परि आएथ्यौ,निलो

चिटिक्क परि आएथ्यौ,निलो ब्लाउज निलै सारी लगाएथ्यौ
टाढैबाट चिने तिमिलाई,झलल जग-मगाएथ्यौ
Mahakaal Ji so much sweet gazal. keep it up.