
प्रेम दिवशमा प्रेमप्रत्र लेख्दैछु माया
भविष्य जीवनको तिमीमा देख्दैछु माया ।
स्वाभिमान र महानताको अध्याय दर्साउदै
सामिप्य,नेपथ्यबाट पाइला टेक्दैछु माया ।
आत्मासमर्पण गर्दिन फाली प्रेम हतियार
आइपर्ने मुढभेट बिवेकले छेक्दैछु माया ।
स्विकार्नु धिकार्नु नकार्नु जो तिम्रो अधिकार
अमर प्रेमका यि लिफा सामुन्ने पेस्दैछु माया ।
जीवनका खुशीहरु उकाली ओराली सोहोरेर
आत्मियताको भारी तिम्रो चौतारी ठेग्दैछु माया ।
सझिएको आगनमा अग्नी होमले ड्म्फु बज्दा
जीवनको अमरत्व तिमीसग सेक्दैछु माया ।
प्रतिकृयाहरु
2 hours 10 min ago
2 hours 10 min ago
2 hours 12 min ago
15 hours 58 min ago
1 day 20 min ago
1 day 2 hours ago
1 day 2 hours ago
1 day 2 hours ago
1 day 2 hours ago
1 day 2 hours ago