
सम्झिएर मखमली, मेरो मन रुयो होला
बेखबरमा चेलीहरु ,आँशु पनि चुयो होला ।
चिमल गुरास फुल्नु अघि बाटो लाग्छु भन्थ्ये
आज फुले मखमली तिहारले छुयो होला ।
सयपत्रीको के काम अब लाउने मान्छे मुङ्लान
फक्री फुली ओलीएर बारीतिरै कुयो होला ।
पेलिन्दैछु कामै कामले गाउमा तिहार आउँदा
भावनाको सप्तरङ्गी पसिनाले धुयो होला ।
निरसताले मेरी चेली मौनतामा बसिन
भाई पुज्ने उनको आशा फेरि पनि तुयो होला
प्रतिकृयाहरु
2 hours 14 min ago
2 hours 14 min ago
2 hours 16 min ago
16 hours 1 min ago
1 day 24 min ago
1 day 2 hours ago
1 day 2 hours ago
1 day 2 hours ago
1 day 2 hours ago
1 day 2 hours ago