"मेरो तस्बिर हेरी राख"

Buddhi Moktan's picture

"मेरो तस्बिर हेरी राख"

सम्झनालाई पठाको छु मेरो तस्बिर हेरी राख
तिम्रो माया हो की होईन बरम्बार केरी राख ।

एक हातले तस्बिर समाइ अर्कोले प्याट कुट
कुचिन्छ की जतन गरी सिरानीमा फेरि राख ।

प्रतिमाको आभाशले तिम्रो प्यास मेटोस बरु
सगै सुताउ निदरीमा पोल्टाभित्रै बेरी राख ।

प्रभातको शित सगै तिमीले बाहिर जानु पर्दा
पवन छिरी उडाउछ की पछ्यौराले घेरी राख ।

उपहार लिइ गोधुलीमा जुनसगै फर्किन्छौ नी
रातो गुलाफ मेरो हातमा अरुलाई चेरी राख ।

3 comments

5
Jul

gazal haina yo la

gazal haina yo la

31
Aug

yo gajal hoina maile yeslai

yo gajal hoina maile yeslai bibidha ma raakheko chhu gajal bhaneko chhina

4
Jul

sabi nepali aru ko dhukah

sabi nepali aru ko dhukah bedeshma yestai nai hola