जिन्दगिनै काँडा भयो बिझ्ने के डर भयो र
आफ्नोलेनै दिन्छन धोका कसको के भर भयो र
आगो लग्यो जिन्दगीमा सपना तहसनहस भयो
पतिवर नै बन्दैनत मसानघाट के घर भयो र
नासोचिदिदा कसो हुन्छ आज येसो गर्दा भनि
मलाई पनि सोच्न अब कुन्नि के कर भयो र
तिमि टाढा हुँदै गएउ पत्तो रहेनछ मलाई
चाहनानै दूर गएउ अब के रहर भयो र
भावनानै मार्न खोज्येउ हत्या मेरो गरिकन
शारीर संग खेल्ने कुरा त्यो के अछेर भयो र
सबै यात्रा गर्छु संगै त्यो खोलि नि तर्छु भनि
बिचमै हात छोडीदिएउ अब के सयर भयो र
जिन्दगिनै काँडा भयो बिझ्ने के डर भयो र
आफ्नोलेनै दिन्छन धोका कसको के भर भयो
गजलकार: रामचन्द्र तिमिल्सिना सुडाल ६ भक्तपुर नेपाल (क्रेडिट)
2 comments
यो गजल भावनात्मक र मुटुमा
Submitted by Ramchandra timilsina on Tue, 08/24/2010 - 16:56.यो गजल भावनात्मक र मुटुमा बस्ने किसिमको छ जस्तो मलाई लाग्छ
प्रेम गर्ने र प्रेममा विश्वास गर्ने मानिसका लागि यो गजल राम्रो लाग्न सक्छ