पिडा सबै भुलें मैले पिएपछि जिन्दगीका
बोतलमा स्वपन सजाई जिएपछि जिन्दगीका
तिमीलाई सिखर चढाई सफल पर्ने अभिलाषा
राखें उल्टै धोका खाएँ लिएपछि जिन्दगीका
पिडा माथि पिडा अनि घात माथि घात गर्येउ
सराबी झन् बनें आशा खिएपछि जिन्दगीका
कति थिए उत्त्साहा अनि चाहनाका बाटोहरु
गन्तब्येहीन यात्री बाटो सकिएपछि जिन्दगीका
पिडा सबै भुलें मैले पिएपछि जिन्दगीका
बोतलमा स्वपन सजाई जिएपछि जिन्दगीका
गजलकार:रामचन्द्र तिमिल्सिना
आफु लाई भन्दा बढी बिश्वास कसैलाई पनि नगर्नुहोला
No comments available.
प्रतिकृया लेख्नुस्