
कमाएर फर्क
कमाउन समुद्र तरयौ, कमाएर फर्क
अमुर्त हासो खुशी भरयौ, रमाएर फर्क।
बिना अर्थ नचल्ने कसैको पनि घरबार,
प्ररीश्रमको फल हो त्यो, जमाएर फर्क ।
बिर्सनु नहुने कहिल्यै नेपाली राश्ट्रियता,
गौरबले छाती चोली र दौरा, समाएर फर्क ।
मेहनती र सहनशिल बुद्धबासी हामी,
इमान्दारिताको परिचय, थमाएर फर्क ।
आफ्नै बारीमा पनि सुन र मोती फल्छ नै,
फेरी बिदेशीने ती आकक्षा, गुमाएर फर्क ।
No comments available.
प्रतिकृया लेख्नुस्