मेरी प्रिया....

बिहानी शीत नुहाए झै मेरी प्रिया
फूलमा पात सुहाए झैं मेरी प्रिया

थाहै नदीइ सुटुक्क आईछ्यौ ‎दिलमा
जुनले रात खुलाए झैं मेरी प्रिया

ज्युँने उमंग थपिंदैछ तिम्रो साथले
मालिले फूल फूलाए झैं मेरी प्रिया

मध्शाला छ नयनमा र डुबुँ डुबुँ लाग्छ
मातले घात् भुलाए झै मेरी प्रिया

२०६७-०५-१४

No comments available.

प्रतिकृया लेख्नुस्

The content of this field is kept private and will not be shown publicly.