खुलामन्च मा ठुला ठुला भाषाण छाँट्छन् नेता हरु,
खुलेआम दिन दहाडै जनता ढाँट्छन नेता हरु
छिरे पछी सिंहदरबार बहुलाउछन सबै खै किन हो?
सत्ता को टुक्रो हड्डी सँग इमान साट्छन नेता हरु !!
खुलेआम दिन दहाडै जनता ढाँट्छन नेता हरु !!
खान्छन, पिउँछन,बस्छन सँगै,सिन्को भाँच्नु छैन ,
देखाउनै कै लागि एक अर्का को कुर काट्छन नेता हरु!!
खुलेआम दिन दहाडै जनता ढांट्छन नेता हरु, !!
एउटा कड्किन्छ अर्को पड्किन्छ, नाना भाँती भन्छ,
आँफै थुक्छ फेरी आँफै चाट्छन नेता हरु !!
खुलेआम दिन दहाडै जनता ढांट्छन नेता हरु, !!
कहिले रुन्छ कहिले हांस्छ,अचम्म कै नाटक गर्छन्,
बुझ्नै गाह्रो कहिले जुट्छन कहिले फाट्छन नेता हरु, !
खुलेआम दिन दहाडै जनता ढांट्छन नेता हरु, !!
जम्मा हुन्छन साँझ फेरी छिर्छन फेरी उही भट्टि,
बनायोँ बेबकुब भन्दै मरी मरी हाँस्छन नेता हरु,
खुलेआम दिन दहाडै जनता ढांट्छन नेता हरु, !!
राज श्रेष्ठ तिर्थ
चिसापानी -६ रामेछाप, नेपाल,
हाल : बर्लिन, जर्मनी
thanks,,,, for your coment,,,
No comments available.
प्रतिकृया लेख्नुस्