तड्पिएर हर् दिन राती निन्द्रा लाग्दैन
दुख्छ मुटु पोल्छ छाती निन्द्रा लाग्दैन
सम्झिएर आफ्नै घरगाँउ,पाखा पखेरु
सम्झी उनै जीवनसाथी निन्द्रा लाग्दैन
आउछ झल्को बिताएका ती पलहरुको
राखेको शिर् काखमाथी निन्द्रा लाग्दैन
कहाँ के गर्दै होलिन्,के खाँदै होलिन्?
मनमा पिर नानाभाती निन्द्रा लाग्दैन
भाकाल् राखी देउरालीमा चढाएका थ्यौ
सम्झन्छु त्यै फूलपाती निन्द्रा लाग्दैन
तड्पिएर हर् दिन राती निन्द्रै लाग्दैन
दुख्छ मुटु पोल्छ छाती निन्द्रा लाग्दैन
No comments available.
प्रतिकृया लेख्नुस्