पहिलो गल्ती अन्जानै मा दोश्रो जानाजानी गरेँ !!
तिम्रो रहर थाँती राखी आफ्नै मनोमानी गरेँ !!
थिए होलान तिम्रो पनि मन मा हजार कुरा हरु,
सुनी रह्योउ चुपचाप् तिमी, आफ्नै कुरा कानी गरेँ !
तिम्रो रहर थाँती राखी आफ्नै मनो मानि गरेँ !!
हेला गर्छन् सबैले नै नजिकै को तिर्थ याँहा,
साथ म थियौ तिमी तर माया छानी छानी गरेँ !!
तिम्रो रहर थाँती राखी आफ्नै मनो मानि गरेँ !!
अरु ले झैं तिमीले पनि आफ्नो अधिकार माग्दा,
खै किन हो दिन मैले धेरै आना कानी गरेँ !!
तिम्रो रहर थाँती राखी आफ्नै मनो मानि गरेँ !!
यस्तै यस्तै कुर गरी दु:खये छु मन तिम्रो,
महसुश भयो बल्ल्ल मैले धेरै हानी गरेँ !!
तिम्रो रहर थाँती राखी आफ्नै मनो मानि गरेँ !!
सक्छौ भने माफ गरी पहिले जस्तै माया देउ,
जे जे गरे जसो गरे तिमीलाई आफ्नै ठानी गरेँ
तिम्रो रहर थाँती राखी आफ्नै मनो मानि गरेँ !!
राज श्रेष्ठ तिर्थ
चिसापानी - 6,रामेछाप नेपाल
हाल बर्लिन ,जर्मनी
मेरो सबै साथी तथा शुभचिन्तक हरु, यो गजल मैले आज भन्दा कारीब तीन बर्ष पहिले लेखेको थियेँ, ,, हेर्न तथा पढ्न अनी सल्लहा सुझाब दिन सक्नु हुनेछ,,,,
1 comment
good, i like it
Submitted by Bidasharad on Fri, 09/03/2010 - 21:35.good, i like it
प्रतिकृया लेख्नुस्