अन्जान एक्लो दुनियामा जिएको छौ रे अचेल
नचाहेरै जीवनमा बिस पिएको छौ रे अचेल
कति दुख कति कस्ट पिडा कति खान्छौ तिमि
जीत अरुको पोल्टोमा,हार लिएको छौ रे अचेल
कति आँखा रोए तिम्रा आँसु पुछ्ने कोहि भएन
आँसु लिई हाँसो अरुलाई दिएको छौ रे अचेल
नजिक हुँदा टाढा भयेउ टाढा हुँदा झनै टाढा
दुर गएउ आफन्तलाई सम्झिएको छौ रे अचेल
घात अनि चोट माथि कति घाउ बढिरहे
घाउको दुखाइ हेरी हेरी बल्झिएको छौ रे अचेल
न जान सक्छौ छोडी न त सक्छौ कुरी राख्न्न
दोधार को विवस्तामा अल्झिएको छौ रे अचेल
समयेले निर्दयी यो कस्तो खेल खेल्दो रैछ
यो पापी खेल संगै खेलिएको छौ रे अचेल
न त केहि अघि बढ्यो न त पछि हट्न सकयेउ
बाध्येताको भुमरीमा बाँधिएको छौ रे अचेल
अन्जान एक्लो दुनियामा जिएको छौ रे अचेल
नचाहेरै जीवनमा बिस पिएको छौ रे अचेल
गजलकार:रामचन्द्र तिमिल्सिना
भक्तपुर सुडाल ६
No comments available.
प्रतिकृया लेख्नुस्