कैले मिलेर बर्खे खोलो तरेको याद आउछ साथी
कैले रिसाई कुस्तीबाजी लरेको याद आउछ साथी
रामे-श्यामे, च्यान्टे-भ्यान्टे तिमी हामी मिलेर
रोधीं बस्न तल्लो गाँउ झरेको याद आउछ साथी
रोधींघरमा भेट भई, त्यै सुन्तलीलाई गिज्याउदा
लजाएर अली छेउ छेउ सरेको याद आउछ साथी
पोको परी एकै ठाउँ जिस्कदै जिस्कदै नानाभाती
रातैभरी मीठामीठा गफ् गरेको याद आउछ साथी
सल्लाह गरी साईला दाइको,माथिल्लो बारी पसी
काँक्रो चोरेर टन्न भुँडी भरेको याद आउछ साथी
छलेको र चोरेको के लुकाउन सकिन्थ्यो र खै
थाहा पाएर कारबाहीमा परेको आद आउछ साथी
1 comment
ramaro laagyo
Submitted by Buddhi Moktan on Tue, 09/07/2010 - 06:35.ramaro laagyo
प्रतिकृया लेख्नुस्