माफ गर मेरो कुराले चित्त दुखायो भने

माफ गर मेरो कुराले चित्त दुखायो भने
भन्छन हास्दैंन मन दुख लुकायो भने

यो असारमा दिलैभरी खुसी रोप्थे नि
कसरि रोपिन्छ खै मूलै सुकायो भने

भन्छन दुइ सुतको डोरी बलियो हुन्छ
कसरी धान्छ जीवन पयो फुकायो भने

एउटा अतित मुटुभित्र कतै दुख्दो रहेछ
असलै हुन्थ्यो कसैले मूल्य चुकायो भने

लालहिरा फोर्छु भन्थ्यो आटनै भएन रे
हाय! हुन्छ लाछी धेरै नजर झुकायो भने

लालप्रसाद पौडेल "लालु"
पोखरा, (अचेल मलेशिया)

4 comments

29
May

भन्ना त भन्ने गर्छन

भन्ना त भन्ने गर्छन सबैले।
नजर झुकएर बस्नु ब्यर्थ हो ।
तर के गर्नु लालु दाई ।
फेरी वडाले भनिदिन्छन ढंग नाई ।
sweet lagyo lalu daju...

29
May

भन्ना त भन्ने गर्छन

भन्ना त भन्ने गर्छन सबैले।
नजर झुकएर बस्नु ब्यर्थ हो ।
तर के गर्नु लालु दाई ।
फेरी वडाले भनिदिन्छन ढंग नाई ।
sweet lagyo lalu daju...

28
May

wow pokharli supe gagal

28
May

lall parsad ji dherry ramro

lall parsad ji dherry ramro lagyo hajuko gajal

प्रतिकृया लेख्नुस्

The content of this field is kept private and will not be shown publicly.