रुपैको गर्नु बर्णन के,तिमी त राम्री गुणमा पनि |
हरदम उत्तम दरिन्छ्यौ,तुलना गर्दा जूनमा पनि ||
व्यवहारमा साह्रै असल, स्वादिलो सुवास कतिकति |
तिमीमा जस्तो सुन्दरता, भेटिएला खै के सुनमा पनि ||
अहा! वाणी क्या मधुर छ, आत्मीयताको त खानी |
तिमीमा जस्तो महानता, छैन कुनै विद्वानमा पनि ||
अंगालो तिम्रो रापिलो, हँसिलो मुहार कतिकति |
अब त बिन्ती हजुरलाई,आमन्त्रण छ जीवनमा पनि ||
1 comment
this gazal is very nice.i
Submitted by laxmi (not verified) on Sun, 09/19/2010 - 07:51.this gazal is very nice.i like it.