हिराजडित महल के काम भट्टी डुल्न थालेपछि

हिराजडित महल के काम भट्टी डुल्न थालेपछि
सराबको मातमा आफैँलाई भुल्न थालेपछि

नशानै जीवन भयो उद्देस्यको के कुरा भो
पिडा घोल्दै रक्सिसंग हर बखत झुल्न थालेपछि

के ब्येक्तितो बनाउनु के साहस देखाउं मा
भट्टी संग जोड्या परिचय खुल्न थालेपछि

नशा मात अनि बोतल यिनै मेरा खोजि बने
बोतलको मज्जा संगै जीवन फुल्न थालेपछि
हिराजडित महल के काम भट्टी डुल्न थालेपछि
सराबको मातमा आफैँलाई भुल्न थालेपछि
गजलकार:रामचन्द्र तिमिल्सिना सुडाल ६ भक्तपुर