आगो हो यो माया जल्नु हुन्न साथी,
खरानी बनाउँछ धेरै चल्नु हुन्न साथी !!
माया मा सधैं भरी, मिलन मात्र हुन्न ,
बिछोड मा आसुँ सँगै गल्नु हुन्न साथी !!
लामो छ यात्रा यांहा छोटो जिन्दगी को,
थाकेर बिच बाटो मै ढल्नु हुन्न साथी !!
सुमधुर ज्योति छर्ने अमर दीप हो माया,
पग्लिएर मैन जस्तै बल्नु हुन्न साथी !!
मन हो आखिर बिछोड मा कस्को रुँदैन र ?
माया गरी कसैलाई छल्नु हुन्न साथी !!
राज श्रेष्ठ तिर्थ
चिसापानी-६ रामेछाप
हाल बर्लिन जर्मनी
कृपया तपाईं को सल्लह सुझाब को अपेछा गर्दछु,
प्रतिकृयाहरु
2 hours 19 min ago
2 hours 20 min ago
2 hours 21 min ago
16 hours 7 min ago
1 day 29 min ago
1 day 2 hours ago
1 day 2 hours ago
1 day 2 hours ago
1 day 2 hours ago
1 day 2 hours ago