
"प्रेम पत्र स्विकारेर"
प्रेम पत्र स्विकारेर, उतर लेख्दैछु माया
भविश्य जीवनको ,तिमीसग देख्दैछु माया ।
स्वाभिमान र महानताको अध्याय दर्शाउदै
सामिप्यमा, नेपथ्यबाट पाइला टेक्दैछु माया ।
आत्मासमर्पण गर्दिन फाली प्रेम हतियार
आइपर्ने मुढभेट, बिवेकले छेक्दैछु माया ।
छित्को सारीमा घुन्टो ओढी धपक्कै रुप बल्दा
बैभवताको थुगा तिमी हल्केलामा थेग्दैछु माया ।
सझिएको आगनमा अग्नी होमले ड्म्फु बज्दा
जीवनको अमरत्व, तिमीसग सेक्दैछु माया ।
-बुद्धी मोक्तान्
ताप्लेजुङ
दक्षिण कोरिया
1 comment
हजुर म abroadमा बसेर पनि
Submitted by फूल राई (not verified) on Fri, 12/16/2011 - 04:52.हजुर म abroadमा बसेर पनि हजुरहरूको नेपाली साहित्य ,चुटकिला पढ्न पाउदा रमाइलो लाग्छ। अझै यस्तै यस्तै लेखहरू राखिदिनु भए हुन्थ्यो।