.अग्नि ज्वालामा बिलाउने...................................

अग्नि ज्वालामा बिलाउने, चिता न हो जीवन
सपना संगै लेखिएको, कविता न हो जीवन

फूल फुल्दा कति राम्रो, ओइलिएपछि झरीहाल्छ
सागर जस्तो अटल हुन्न, सरिता न हो जीवन

हासो,रोदन सुख, दु:ख, अनि यस्तै विचित्रता
रंगमंचको नाटक जस्तै, रमिता न हो जीवन

कोहि छैन अमर यहाँ, कालले एक दिन लिइ जान्छ
रामायणमा रावणले हरेकि, सीता न हो जीवन

रोशन बराल "इलामेली"
(लफन्दर मिचा )

1 comment

15
Mar

इलामेली रोशन जि गजल राम्रो

इलामेली रोशन जि गजल राम्रो लाग्यो।गजलको यो यात्रा सफल बनोस मेरो कामना।म गुल्मी बाट