जुन अनि तारा झर्ला तर झर्दैन चोखो प्रेम
अजम्बरी रही रहन्छ कैले मर्दैन चोखो प्रेम
सुन देखाउ चाँदी देखाउ या देखाउ हिरामोती
लोभ अनि लालचको पछी पर्दैन चोखो प्रेम
गुण्डागर्दी देखाई या छुटाउ दुई सम्बन्धलाई
तर कुनै डर् धम्कीले पनि डर्दैन चोखो प्रेम
बाँधिएर एक अर्काबिच जमेर रम्छ युगौसंम
जाल-झेल् छलकपट केही गर्दैन चोखो प्रेम
जस्तै बज्र आईपरोस् पिडा सहन्छन् मिलेरै
कैले पनि पन्छिएर अन्त सर्दैन चोखो प्रेम
1 comment
yo prem jastai tapaiko gazal
Submitted by Ram Sharan Shrestha on Fri, 05/06/2011 - 11:51.yo prem jastai tapaiko gazal pani gazal duniyama sadhai chamkirahane chha..
Thanks for such a Beautiful gazal ..
By
RAM
Ramsharan Shrestha
Ramechhap, Nepal