उन्कै तिम्ती बाँच्दैछु म

एक्लै एक्लै आँशु धेरै पिएर बाँच्दैछु म
दुख सुख हाँसी खुसी जिएर बाँच्दैछु म

धेरै चोट पर्‍या छ उनीलाई छाडी आउँदा
सम्हालिदै ती चोटहरु सिएर बाँच्दैछु म

दुख पछि सुखका दिन आउछन् अवश्य
यस्तै यस्तै स्वप्नहरु लिएर बाँच्दैछु म

केही पाउन केही त गुमाउनु नै पर्ने रैछ
उन्कै तिम्ती पर्देशमा खिएर बाँच्दैछु म

जती टाढा उती गाढा लाग्छ उन्को माया
सम्झनामा घरीघरी तड्पिएर बाँच्दैछु म

1 comment

3
Jun

ma pani aasu piudai bacheko

ma pani aasu piudai bacheko chhu
yakantama yaklai yaklai nacheko chhu