मेरो गजल

यस्तो गजल लेखुँ म सब्को मन रुने होस्
रसाएर आँखाबाट बर् बर् आँशु चुहुने होस्

मेरा चोटका अध्यायहरु बिस्तारै पढ्दै जाँदा
चसक्क चसक्क घोचेर मुटु भीत्रै छुने होस्

ओल्टाई पल्टाई घाऊहरु हेर्दा खेरी दुनियाँले
ढुङ्गा जस्तो हृदय'नी छियाछिया हुने होस्

बियोगमा तड्पिएका लाखौं लाख दिलहरुको
धड्कन बनी धड्किएर ब्यथाहरु बुझ्ने होस्

यस्तो गजल लेखु म सब्को मन रुने होस्
रसाएर आँखाबाट बर् बर् आँशु चुहुने होस्