Maya

गजल
खै कस्तो हो , यो मायाको जातै मिठो हजुर ।
एकान्तमा समाएको हातै मिठो हजूर ।

जव छुन्छ योमायाले भोक निदा डाँडाँ काँट्छ ।
मिठा मिठा पिरतिका बातै मिठो हजूर ।

पिरतीमा बर्षा लाग्दा मगमग वासनाको
अंगालोमा लाज छेक्ने हात मिठो हजूर ।

चढ्दो उमेर वढ्दो वैश,थाम्न गाह्रो हँुदा खेरी
सँगै सँगै बिताउदो रातै मिठो हजूर ।

संसारमै ठूलो चिज मायालु नै हँुदा खेरी
फलको त कुरै छोडौं, पातै मिठो हजूर ।

anjanpreetam@yahoo.com
सागर ज्ञावाली “प्रितम”
रत्नपुर –१, धुर्काेटबेशी , स्याङ्गजा
हाल ः– वालिङ, स्याङ्गजा