बेज्यान यो शरिर साथमा बोकि, बाँचेको जीन्दगी

Gaurab Shrestha's picture

बेज्यान यो शरिर साथमा बोकि, बाँचेको जीन्दगी
अन्तीम श्वाश तिमीलाई हेर्न, साँचेको जीन्दगी

कहि त होलीउ संसारमा कतै, हाँसेनी रोएनी
कसरि भुल्नु मिलनमा माया, गाँसेको जीन्दगी

भाकेर चन्द्र मायाको बेला, हराउदा आफैमा
स्पर्ष त्यहि मलम घाउमा, टाँसेको जीन्दगी

सीक्दैछु जीउन एक्लो शरिर, मरभुमी बीचैमा
परिक्षा लीई दैबले पनी, जाँचेको जीन्दगी

नीयती कस्तो नीष्ठुरि बनी, छुटायो हामीलाई
फूलाई फूल उखाली जरै, भाँचेको जीन्दगी

बर्सिन्छ याद चोटिला बनी, प्रहार छ पलपलमा
धारिला यस्तै बसिला लगाई, ताँसेको जीन्दगी

http://eykzpage.blogspot.com/ To read my more "GaZal"

No comments available.

प्रतिकृया लेख्नुस्

The content of this field is kept private and will not be shown publicly.