तिमि गयौ गावै छोडि पराई भएर

Gaurab Shrestha's picture

तिमि गयौ गावै छोडि पराई भएर
म त हिडे पिर बोकि परदेश तिर देशै छोडेर
सकिएन मर्नलाई बाँच्न पनि गाहा्रो
नजिक बसु तिम्रो मुहार बनीदिन्छ प्यारो
तिमि हिड्यौ मलाई भुलि हाम्रा सबै नाता टोडेर
म त हिडे ब्यथा बोकि परदेश तिर देशै छोडेर
बित्ला दिन महिना र साल फेरि फेरि
गाहरो के नै बिताई दिउला यो जिन्दगी तिम्रो तस्बीर हेरी
तमि गयौ घुम्टो ओडि यो दु:खिको मुटु चुडेर
म त हिडे आँशु बोकि परदेश तिर देशै छोडेर
फर्कि आउछौ जब तिमि पिरतिको गाँउ
पाउने छैनौ तिमिले त्यहाँ मायालु नाउ
तिमि हिडयौ कठोर भई मेरो मनको खुसि सोरेर
म त हिडे याद बोकि परदेश तिर देशै छोडेर
छेक्यो भने अतितले फर्किएर कतै
सम्झी दिनु भयो एउटा सानो भुल गल्तीले यस्तै
तिमि लाग्यौ बगैचामा फक्रियको फूल टोडेर
म त लाग्य रोगि मुटु बोकि परदेश तिर देशै छोडेर
माया न हो मात्र कहा हुदो रैछ पाउनु
चाहा नहुदा पनि यहाँ पर्दाे रैछ गुमाउनु
तिमि गयौ पराई संग नाता जोडेर
म त हिडे रित्तो छाति बोकि परदेश तिर देशै छोडर

No comments available.

प्रतिकृया लेख्नुस्

The content of this field is kept private and will not be shown publicly.