हाहाकार

sagar d xtra's picture

प्रेममा फसी जीवन आर न पार भाको छ
खुशी चैनको आज हाहाकार भाको छ

चियो गर्ने खिसी गर्ने यो दुनियाँलाई
मेरो पिडा ताजा समाचार भाको छ

एक्लो यात्रा के यात्रा निरश अनी उराठ
आफ्नै जीवन आँफैलाई भार भाको छ

हात समाइ एकदुइ दिन रूवाइ गइन उनी
मरेतुल्य जीवन लम्पसार भाको छ

डामाडोल भद्रगोल लथालिङ्ग जीवन मेरो
रमिता छ सबलाई हाट बजार भाको छ

त्यो दुनियाँ मलाई छाडि गईन जहाँ उनी
सुन्छु उनलाई पाउन मारामार भाको छ

No comments available.

प्रतिकृया लेख्नुस्

The content of this field is kept private and will not be shown publicly.