
छोडेर पराए बननु नै थियो त , छामेउ मेरा हात हरु किन ...............?
विश्वाश को पर्खाल तोड्नु नै थियो त ,रोजेउ मेरा साथ हरु किन ...........?
खेल सम्झी जवानी लाई , खेल्ने रैछ तिम्रो बानी
रुन्चे हासो हाँस्दै मलाई , दिएउ बिछोड का घात् हरु किन................?
जिन्द्गी को चाह रैछ , बिताउने महल मा
गरीब सँग नाता गाँसी , गर्थ्एउ तिमी झुपडी का बात हरु किन............?
तारा झर्दा माग्ने गर्थौ , बाँच्न पाउ संगै - संगै
पुग्नै लाग्दा दोबाटो मा , मारेउ तिमी ले लात हरु किन ..................???
No comments available.
प्रतिकृया लेख्नुस्