
बाचा गर हुन्छ हुन्न पिरतीको माला गास्न
हिर्दय मा छामी हेर मलाई ठाउँ छ कि छैन ,
फुलीरैछौ फूलबारीमा फूलहरुको रानी बनी
फुकाई हेर मन को ढोका मलाई माया छ कि छैन .
बसीरैछौ चौतारीमा एक्लो ढल्के पिपल बनी
खोलि हेर मनको नजर बर को खाचो छ कि छैन ,
तिमी हास्दा सुसाउछ सेती नदी उर्ली उर्ली
तरी हेर प्रित को भेल मेरो अभाब छ कि छैन ,
तिर्खा लागे पिउने थिए अन्जुली मा पनि भरि
उघारी हेर दिलको दमन छचलकिएको छु कि छैन ,
1 comment
gazal ho vane kafiya khai ta
Submitted by अतिथी (not verified) on Tue, 04/17/2012 - 19:35.gazal ho vane kafiya khai ta