
दाङ । सानै उमेरमा आमाको मृत्यु भएपछि आमाको काखमा रम्न नपाएका दर्ुइ बालबालिकाहरु लाहुरे बावुको लालनपालनसंगै जवान हुँन्छन् । लाहुरे मेजर सापको छोरा छोरी हुनुमा सानु र विनय गर्व गर्छन । समाजमा वाह………लाहुरेको छोरा । वाह………लाहुरेको छोरी भनेर सबैले भन्छन् । विनय र सानु दुवै जवान भैसकेका हुँन्छन् । तर कलेज पढ्दै गरेका मेजर सापका छोरा विनयलाई भने कलेजको फि बुझाउनका लागि बावासंग पैसा माग्दा पनि सधै बावाको खप्की खान परिरहेको हुँन्छ । जवानी अवस्थामा नै भारतिय सेनामा भर्ति भएका मेजर साप छोराकोजस्तो उमेर हुने बेलामा आफुले धेरै पैसा कमाईसकेको भन्दै विनयलाई पनि आफ्नो कलेजको फि मेनटेन आफैले गर्नुपर्ने गनेर भनिरहेका हुँनछन् । बावाको सधैको यस्तो व्यवहारले विनय निकै चिन्तामा हुँन्छन् ।
त्यत्तिकैमा मेजर सापले मदनपोखराका फुलमायाँलाई अर्की श्रीमतिको रुपमा बिहे गर्ने सोंच बनाउछन् । यो कुराले छोरा विनय र छोरी सानुलाई निकै चोट परिरहेको हुँन्छ । बावुलाई बिहे गर्नका लागि उक्स्याउने आईते, सोमे र मंगले रहेको कुरा विनयले थाहा पाउछन् । त्यसपछि उनिहरु दाजु बैनी मिलेर बिहे गर्ने योजना क्यान्सिल गर्न तर्फलाग्छन् । मंगले, सोमे र आईतेलाई दोस्रो बिहे गरेमा वा गर्न लगाएमा यस्तो-यस्तो दण्ड कानुनले गर्छ भनेर सम्झाएपछि ति तिन जना व्यक्तिहरु मेजर सापलकाई बिहे नगर्न भन्छन् । यता बिहे गर्नका लागि तयारी गरेका मेजर ति तिनजना मंगले, सोमे र आईतको कुराबाट तर्सिन्छन् । पछि लाहुरे मेजरले छोरी सानुलाई गाउँकै सोमेको छोरा दिलेलाई दिने कुरा छिन्छन् । यो कुराले सानु र विनयलाई निकै दुखी तुल्याउँछ । बैनीकोर् इच्क्षालाई पनि त ख्याल गर्नुपर्यो भनेर बिनयले बावालाई सम्झाउँछन् सानुले पनि अहिले नै बिहे गर्दिन भन्छिन् तर छोराछोरीको बिहे गरेर आफ्नो बिहे गर्ने सपना देखेका मेजरले छोराछोरीको भविश्य राम्रो होस भन्ने सबैलाई हुँन्छ, मलाई पनि छ भन्दै आफुले भनेको नमानेका कारण दुवै छोराछोरीलाई मारिदिन्छु भनेर बन्दुक देखाउछन् । र पछि आफु नै मर्ने भनेर आफैतिर बन्दुक ताकेपछि सानुले पनि बिहेका लागि मञ्जुर हुन्छीन । त्यपछि सानुलाई माईतिघरबाट पर्राईघरमा बिदाई गरिन्छ । जवान भैसक्दा पनि बावुको पुरानै पाराका कारण आजित भएका विनय बैनीसंगको बिछोडको पिडाले पिरोलिएका हुँन्छन् । यत्तिकैमा विनयको भेट पाल्पाकै एक हस्पिटलमा स्टाफ नर्सको रुपमा कार्यरत सोनियासंग हुँन्छ । सोनिया पनि लाहुरेकी छोरी हुँन्छीन् । सोनियासंगको भेट प्रेममा बदलिन्छ । बावाले पर्ढाई खर्चका लागि पनि पैसा नदिएपछि उनि सोही ठाउँको एक मोटरर्साईकल वर्कशपमा काम गर्न थाल्छन् । तर त्यहाँ पनि आफुसंगै पढ्ने साथि आएर लाहुरेको छोरा भएर पनि यस्तो ठाउँमा काम गर्ने, तिमि त यस्तो बेलामा रमाईलो गर्ने, विदेशमा पढ्ने हो भनेर भनेपछि विनयले त्यहाँ पनि बावाकोर् इज्जतका लागि काम गर्न सक्दैनन् । आफुले बावाबाट भोग्नुपरेको समस्या सबै कुरा सोनियालाई भन्छन् । सोनियाले विनयलाई साथ दिन्छीन ।
फुलमायाँलाई दुलही बनाएर घरमा भित्राउने सपना देखेका मेजर फुलमायाँ कोही डर््राईभरसंग भागेपछि भने उनको विबाह हुँदैन । उता बिहे गरेर गएकी सानुको श्रीमान दिले पनि रोजगारीको क्रममा विदेश जान्छन् । घरमा सासुको दिनरातको कचकचका कारण हैरान परेकी हुँन्छन् । दाजु विनयको प्रेमिका सोनियसंग भेट गर्न भएकी सानु घरमा आउँदा उनका श्रीमान दिले घर फर्केका हुँन्छन् । श्रीमान आएको खुसीमा निकै खुसी बनेकी सानु सासुले उल्टै आफ्नो श्रीमानलाई कुरा लगाईदिएपछि दुखी हुँन्छीन । तर उनका श्रीमानले भने आमालाई किन यस्तो भन्नुहुँन्छ सानुलाई भनेर सम्म नभनेपछि सानु दुखी भएकि हुँन्छीन । पुरानो मान्यता बोकेका मेजरको व्यवहारका कारण विनय मानसिक रुपमा कमजोर भैसकेका हुँन्छन् । यस्तैमा तिहार पनि नजिकिदै जान्छ । बैनी सानु यसपालिको तिहारमा सबैभन्दा पहिले आफ्नो दाजु विनयलाई टिका लगाईदिएर लामो आयुको लागि कामना गर्ने सोंचमा हुँन्छीन । तिहारको दिन बिहानै विनयका बावा विनयको फुपुकोमा टिका लगाउन भनि हिड्छन । एकैछिनमा सानु पछि आईपुग्छीन । तर धेरै चिन्ता गर्ने भएका कारण विनय कामनसिक रुपमा कमजोर भैसकेका हुँन्छन् । सानु घरभित्र सगुन राखेर बाहिर आउँदा विनय हर्टमा प्रवलम भएको हुँन्छ । सानुले आत्तिदै हस्पिटल लैजान्छीन । विनयको हर्टको प्रबलमका कारण हस्पिटलमा नै मृत्यु हुँन्छ । यो कुरा बावुले थाहा पाएर निकै नै दुखी हुँन्छन् । लाहुरे मेजरका एक्ला छोरा विनय बावाकै कारण मृत्यवरण गर्न पुग्छन् । सासुको दिनरातको टोकसोका कारण र श्रीमानले पनि सानुकोर् इच्क्षा बुझ्न नसकेका कारण सानु पनि माईतिघरमा आउछिन् । अनि सम्पत्तीको लोभका कारण जवानी अवस्थाका आफ्नै छोरा गुमाउन पुगेका मेजर अत्यन्तै वियोगान्त अवस्थामा आफ्नो गल्तिको पश्चाताप गरिरहेका हुँन्छन् । छोरी सानु घरमा आएर चुलोको आगो बाल्छन्, बावालाई हस्पिटल लगेर उपचार गर्छन । यत्तिकैमा सबैले आ -आफ्नो जीवनलिला भोग्नुपर्ने भन्दै चलचित्र समाप्त हुँन्छ । नेपाली चलचित्रको कथा हो यो । पाल्पा निवासी पर्ूण्ा राना मगरको जीवनसंग आधारित यो चलचित्र नेपाली समाजको यथार्थ कथा चित्रण गरेको छ । जसमा नेपाली भुमिको वास्तविक परिवेश समावेश गरिएको छ । कतिपय हाम्रा व्यवहारले पनि कहिलेकाँही नसोचेको घटना घट्छ भन्ने कुरा यस चलचित्रमा चित्रण गर्न खोजिएको छ । रोधी डिजिटलको ब्यानरमा निर्माण भएको यो चलचित्रको कथा/पटकथा प्रितम गुरुङले लेखेका छन् भने प्रितम गुरुङकै निर्देशन रहेको चलचित्रका पात्र गिरीप्रसाद पुन (लाहुरे दाई) ले जानकारी दिनुभयो । भगवति राना मगरको प्रस्तुती रहेको यस चलचित्र पाल्पा जिल्लाको बिभिन्न भागहरुमा छायाँकन गरिएको छ । सन्तोष पिठाकोटे मगर अशिष्टेन्ट रहेको चलिचत्रको छायाँकन रत्ना कार्कीले गरेका छन् । सबै खर्च गरी ३५ लाखमा निर्माण गरिएको चलचित्रको संगित बिबि अनुरागिले गरेका छन् भने द्वन्द राम जनकको रहेको छ । चलचित्रमा विनय लामा, सोनिया केसी, कुन्ती शुब्बा, विवेश बुढा मगर, गिरीप्रसाद पुन मगर (लाहुरे दाइ), सबिता गुरुङ, किरण चित्रकार, पर्ुण्ा राना मगर, हेम गाहा मगर लगायतले अभियन गर्नुभएको छ ।
प्रतिकृयाहरु
2 hours 28 min ago
2 hours 28 min ago
2 hours 30 min ago
16 hours 16 min ago
1 day 38 min ago
1 day 2 hours ago
1 day 2 hours ago
1 day 2 hours ago
1 day 2 hours ago
1 day 2 hours ago