
तिम्रो मन्को भित्री कुरा जाने भने मान्छौ कि त !
एक्ली रैछौ साथ दिन ताने भने मान्छौ कि त !
तानी चुमी भाग्छ भनी डराएछौ भित्र भित्रै
तर हैन त्यही आफ्नो ठाने भने मान्छौ कि त !
औकात् भन्दा धेरै बोल्न जान्दिन म अरु सामु
आउ झुण्ड पाखुरीमा धाने भने मान्छौ कि त !
भित्री कुरा बुझी मैले यात्रा तय गर्ने बेला
सृष्ट्रि कै त्यो फूल सम्झी छाने भने मान्छौ कि त !
2 comments
Nice , heart touching gajal
Submitted by अतिथी (not verified) on Wed, 02/22/2012 - 08:26.Nice , heart touching gajal
wo wo Buddi gi great gazal
Submitted by Gaurab Shrestha on Sat, 02/04/2012 - 17:49.wo wo Buddi gi great gazal lovely....