गजल:

यताको ठक्करमा उता सर्दै होला
सुखको आशमा झोली भर्दै होला 

आगामी चिन्ताले मन टोक्दाखेरी
पीरमा सहजै अर्को पीर पर्दै होला 

दुई छाकको लागि घोड्दा नपुग्दा
एकै छाकमा टार्दै अनि टर्दै होला 

सपनाहरु साकार पार्नलाई केवल
श्रम बेची कडा मेहेनत गर्दै होला 

खुशीमा अर्को खुशीको पत्र थप्दै 
मौकैमा उमङ्गको विऊ छर्दै होला

1 comment

22
Feb

आगामी चिन्ताले मन टोक्दाखेरी

आगामी चिन्ताले मन टोक्दाखेरी !
पीरमा सहजै अर्को पीर पर्दै होला !!

यो सेर साच्चै मन पर्यो मलाई !