गजल:

श्रमको बजारमा श्रम साट्न दिनुपर्छ
मह काँढ्नेलाई हात चाट्न दिनुपर्छ

वाधाअड्चनका पहाडहरु ध्वस्त पार्न
एक आपसको साथ बाँड्न दिनुपर्छ

आशाका त्यान्द्राहरुलाई जोड्न दिदै 
मनसँग मनको डोरी बाँट्न दिनुपर्छ

स्वाभिमानलाई धरापमा हुर्याउनेको
हातको साथमा माथ काट्न दिनुपर्छ

सुनौलो भविष्यको सपना सँगाल्न
गर्छु भन्नेहरुलाई आँट्न दिनुपर्छ

1 comment

22
Feb

श्रमको बजारमा श्रम साट्न

श्रमको बजारमा श्रम साट्न दिनुपर्छ
मह काँढ्नेलाई हात चाट्न दिनुपर्छ

वाह! मणिक जी, हजुरको बेजोड प्रस्तुतीले फेरी पनि मन मन्त्रमुग्ध बनायो, हजुरलाई सलाम.. कृपया भेट्घाट गर्दै गर्नु होला, यही चौतारी माझ.. Lasso Fyafulla!