
चाखो प्रेममा उपहास, नहोस् कसैको ।।
खुसियालीहरु सर्बनास, नहोस कसैको ।।
लैला मजनु रोमियो, जुलिएट झै प्रेम
बियोगान्त उपन्यास, नहोस कसैको ।।
ति प्रेमीहरु मिलन सपनामा कुर्दा कुर्दै
प्रेम अधुरैमा स्वर्गबास, नहोस कसैको ।।
नदिका दुई किनर झै, दुईतिर मनहरु
छुट्टिएर मुटुहरु, तमास नहोस कसैको ।।
चाखो प्रेममा उपहास, नहोस् कसैको ।।
खुसियालीहरु सर्बनास, नहोस कसैको ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप
2 comments
really very nice ram sir,
Submitted by toran rai on Mon, 01/30/2012 - 17:10.really very nice ram sir, gazal should be like this .
really nahos
Submitted by Gaurab Shrestha on Fri, 01/27/2012 - 14:15.really nahos kasaiko...................great नदिका दुई किनर झै, दुईतिर मनहरु
छुट्टिएर मुटुहरु, तमास नहोस कसैको ।।
प्रतिकृया लेख्नुस्