गजल-पिउने र पिलाउने... बात हुन थाल्छ ...

Ram Sharan Shrestha's picture

जब–जब चोखो प्रेममा, घात हुन थाल्छ ।।
पिउने र पिलाउने..., बात हुन थाल्छ ।।

निष्ठुरीकै सम्झनाले, छाति पोल्दा लगातार
टिक्नै गाह्रो हुन्छ दिन, रात हुन थाल्छ ।।

सँगै हिँड्ने बाचा कसम, बिर्सिएर बाटो लाग्दा
पिडाहरु थुप्रिएर......, खात हुन थाल्छ ।।

छोडिजाने मायाँलुलाई, के था मनको ब्यथा
फूल झर्छ रुखमा बाँकी, पात हुन थाल्छ ।।

ब्यर्थै लाग्छ जिन्दगीनी, उस्को बिना यहाँ
भाग्य लेख्ने दैब बाटै, लात हुन थाल्छ ।।

राम शरण श्रेष्ठ
चिसापानी, नेपाल

1 comment

27
Jan

wa wa wa bro maan nai

wa wa wa bro maan nai 6oyo..............great gazal....

प्रतिकृया लेख्नुस्

The content of this field is kept private and will not be shown publicly.