मनोज काफ्ले 'मनसुन'

11
Jan

मज्जा भयो

.गजल

उनीसंग वालिङ् मेला घुम्दा मज्जा भयो
छायाँपारि ओठजोडी चुम्दा मज्जा भयो ।

डरैडरमा सास बढ्यो देखेभने गालपर्ला
लुकीचोरी जवानीमा हुम्दा मज्जा भयो ।

आहा कस्तो आनन्द आँखा मन्द मन्द
एकैचोटी होश हवास गुम्दा मज्जा भयो ।

गगनचुम्बी आकाशले रुपरंङ्ग फेरे जस्तो
त्यही रंगमा उनीसंग झुम्दा मज्जा भयो ।

चट्टकोरी सिउदोपारी आँखी कालाकाला
लामालामा केशराशी सुम्दा मज्जा भयो ।

मनसुन

23
Dec

अँधेरी रातमा

गजल

अँधेरी रातमा भेटें ती सान्नानी

उनी छन चन्चले चुल्बुले बानी l

हाँस्दै बसिन उनी मेरो नजिकै

बाटुलो मुहारमा मन्द मुस्कानी l

ओठमा लाली शिरैमा शिरबन्दि

चिटिक्क परेका आँखैमा जवानी l

फुलको थुँगाले शुवास फैलायो

नजर नजर जुध्यो छुट्नै नमानी l

पहिलो भेटमा अन्जान थिएँ म

बर्षाभो प्रेमरस नजानी नजानी l

मनसुन

पौष ७ कुवैत

9
Aug

रुने गछौ रे

गजल

पिएर नाना मातहरु रुने गछौ रे तिमी
गरेंछु भनेर घातहरु रुने गछौ रे तिमी ।

थाहा पायौ जिवन बांच्न दुख छ भन्थें
संझेर मेरा बातहरु रुने गछौ रे तिमी ।

एकान्तमा मायाँ गाँस्नु मेरो दोष थियो
साथ छुटायौ हातहरु रुने गछौ रे तिमी ।

तिम्रो यादमा दिनहु चिट्ठी कोरीरहन्थें
पढेर प्रेमका खातहरु रुने गछौ रे तिमी ।

स्वर्ग जस्तो पलपल आनन्द मनसुनमा
कल्पेर मिठा रातहरु रुने गछौ रे तिमी । विस्तृतमा पढ्नुस् »

1
Aug

कसम

गजल

तिमीसंग बिताएका रातहरुको कसम
तनैभरी कुदाएका हातहरुको कसम ।

तिमलाई छोडी अन्तमायाँ लाएको छैन
बनपाखा सुसेलेका पातहरुको कसम ।

सधैतिम्रो संझनामा हराउन मन लाग्छ
पिरतीका लोभलाग्दा बातहरुको कसम ।

समयको नियतीले छुट्टिएको जस्तो भयो
विछोडमा दुख भुल्ने मातहरुको कसम ।

अटुट मायाँ मुटुभरी संगालेर परदेशमा
लेखिएका प्रेमपत्रका खातहरुको कसम ।

मनोज काफ्ले / मनसुन हाल कुवैत

31
May

गुराँस विनाको बन कस्तो कस्तो

मनोज काफ्ले 'मनसुन'

गुराँस विनाको बन कस्तो कस्तो
छैनन् प्रिय त मन कस्तो कस्तो

साथमा सिरानी राख्छु तिमीभनी
चल्दैन रातमा झन कस्तो कस्तो

निन्दरीमा बस्यौ कि सुन्दरी बनेर
कल्पना एक्लो पन कस्तो कस्तो

परेली भिजायौ आखैमा रुजायौ
काहानी दर्द्रका छन कस्तो कस्तो

उराठ उराठ लाग्छ संसारै विरानो
किन भो मनुको तन कस्तो कस्तो

मनसुन

27
Apr

प्रीतको नशाले

प्रीतको नशाले रातमा माया बस्यो
अंगालेर छोडेका हातमा माया बस्यो

एकपल सहि खुसि त दियेउ तिमीले
तिम्रा हर बात बातमा माया बस्यो

नभेटेकै जाती बरु सुख दिन्छु भन्नेहरु
भेटेपछि दिएको घातमा माया बस्यो

कति सजिलै भुलेर गईछेउ तिमिभने
भुल्न सकिन तिम्रो मातमा माया बस्यो

प्रीतको नशाले रातमा माया बस्यो
अंगालेर छोडेका हातमा माया बस्यो

मनसुन

28
Feb

पुर्णिमाको रातमा

पूर्णिमाको रातमा बोलाएँ उनिलाई
स्वोप्निल नयनमा सजाएँ उनिलाई

हल्का हल्का चुम्बन भयो दुवैमा
अनि अंगालोमा दबाएँ उनिलाई

सासैले बोल्न बिन्ति गरिन उनले
काउकुती छरेर लजाएँ उनिलाई

वस्त्र खुले नाइँ नास्ती भएन कहिँ
आफ्नै छातीमाथि चढाएँ उनिलाई

घमासानको लडाई पलमै सकियो
मन्द मुस्कान छरी पठाएँ उनिलाई

मनसुन

18
Feb

कता जान हिड्यौ सोधें तल्लो ओठ टोकेकीलाई

कता जान हिड्यौ सोधें तल्लो ओठ टोकेकीलाई
टक्क आई सडकमा माइक्रो बस रोकेकीलाई

बादलभित्र चाँदनीले मन मेरो हेरे जस्तो
कोइलीको बोलीजस्तै मस्की खोकी खोकेकीलाई

पूर्णिमाको पूर्णचन्द्र उदाए झै तिम्रो मुहार
कल्पनामा बोलुँ लाग्यो रातो झोला बोकेकीलाई

मनमोहक प्रकृतिको नौंडाँडाको झुल्के घाम
भगवानकै बोली जस्तो गाडी भाडा तोकेकीलाई

वालिंगबाट भालूपाहाड कुभिन्डेको यात्रासम्म विस्तृतमा पढ्नुस् »

13
Jan

मेरो जीवन फुलाउन

मेरो जीवन फुलाउन मिठो सपना बुन्थ्यौ होला
तिम्रा मनका बहहरू मैसँग त धुन्थ्यौ होला

न त केही पाई गयौ न त केही लिई गयौ
जिउँदो भए मेरा स्वामी मैसँग त रुन्थ्यौ होला

नाम लिई बोलाउने मनको चाह मनमै रह्यो
कर्म रैछ सिसा जस्तो फुटेको त सुन्थ्यौ होला

खरानीमा देह मिल्यो भाँचीगए सपना पनि
जीवित भए मेरो ब्याथा तिम्रो मनले गुन्थ्यौ होला

न त मसाल छुन पाएँ न त पानी मुखमा हाल्न विस्तृतमा पढ्नुस् »

28
Dec

खाडीको वेदना

अङ्गना देशकी गहना दास हुन नआऊ
खाडीका अजनबीसंग बास हुन नआऊ

अतेरी अगम्य पार्छन अघासुर मानवहरु
अखण्ड स्वभाव तिम्रो नास हुन नआऊ

बन अगीसरा आफ्नै देशमा छ स्वतन्त्र
पिल्सिन्छ यौवना तिम्रो लास हुन नआऊ

लागेर दामको पछी जीवन बर्वाद हुन्छ
आकुल वंशको तिमी गास हुन नआऊ

गहकिला सुकिला फेशनको लोभमापरी
खराब यो मरुभूमिको आस हुन नआऊ

मनसुन
www.manojkafle.wordpress.com

Syndicate content