भाई

3
Dec

आयौ तीमी हे रुपशी उत्शाह का लहर बनी

आयौ तीमी हे रुपशी उत्शाह का लहर बनी
छायौ तीमी हे रुपशी चारै थरी प्रहर बनी

सुन्मा सुगन्ध थपे झै मन्मा उमंग भरे झै
आयौ तीमी हे रुपशी गजलको बहर बनी

मान्छे को यो कोलाहलमा बाँच्न नसक्ने भाथे म
आयौ तीमी हे रुपशी बेग्लै सुन्दर शहर बनी

पागल भन्थे एक्लो भन्थे यहाँ का भनौदाहरुले
आयौ तीमी हे रुपशी सब आँखाको रहर बनी

पथ्बीहीन् यो किरण भौतारीदै हीडीराथ्यो
आयौ तीमी हे रुपशी मोड्बीहीन डहर बनी

3
Dec

भरेका छन आँखा हरु आसू झर्न बाँकी रह्यो

भरेका छन आँखा हरु आसू झर्न बाँकी रह्यो
कात्रो समेत्त तयार भयो मात्र मर्न बाँकी रह्यो

मन्मा डेरा बस्ने हरु सबै ठीक पारी सके
अब भित्ता लात हानी अन्तै सर्न बाँकी रह्यो

ठीक्क पारी सके नुन, चुक पनि तयार भो रे!
घाऊ पनि बल्झी राछ अब भर्न बाँकी रह्यो

खै के गरु अब मैले सोच्न ठ्याम्मै सक्या हैन
हुनत सबै भै सक्यो के पो गर्न बाँकी रह्यो ?

भरेका छन आँखा हरु आसू झर्न बाँकी रह्यो
कात्रो समेत्त तयार भयो मात्र मर्न बाँकी रह्यो

3
Dec

हल्का हल्का लिएको हुँ हल्का हल्का पिएको हुँ

हल्का हल्का लिएको हुँ हल्का हल्का पिएको हुँ
तिमी गयौ मन च्याति त्येइ मनलाई सिएको हुँ

आउछौ तिमी फर्की अबस्य एक दिन यहाँ
एक मात्र आशा राखी आज सम्म जिएको हुँ

पागल भन्छन सानु तिमी बिना यहाँ मलाई
पागल भने पागल सही तेइसैले पिउन हौसिएको हुँ

साथ तिमी छैनउ प्रिया एउटा नशा चाइदो रैछ
तेइ नशाको तिर्खा मेटाउन अलिकती लिएको हुँ

हल्का हल्का लिएको हुँ हल्का हल्का पिएको हुँ
तिमी गयौ मन च्याति त्येइ मनलाई सिएको हुँ !!!

3
Dec

जब पर्‍यो बानी तिम्रो, अनी फेरी घात दियौ!!!

एक्लै रमाइ राको बेला, मायाको त्यो साथ दियौ
जब पर्‍यो बानी तिम्रो, अनी फेरी घात दियौ

सुन्य थिए म, माया भन्ने त्यो बिषयमा
ब्यर्थै आइ यो जीवनमा, योबनको मात दियौ
जब मर्यो अनबिज्ञता, अनी फेरी घात दियौ

के हो कामबासना?, अह कत्ती थाहा थिएन
लोभ देखाइ त्यो शरीरको, मिठा मिठा रात दियौ
जब चढ्यो नशा तिम्रो, अनी फेरी घात दियौ

जीवन देखी दिक्क भाथे, थिएन बाँच्न कत्ती मन
अर्थ बुझाई जीवनको, बाँच्नलाई आश दियौ
जब बन्यौ बाँच्नको कारण, अनी फेरी घात दियौ

एक्लै रमाइ राको बेला, मायाको त्यो साथ दियौ
जब पर्‍यो बानी तिम्रो, अनी फेरी घात दियौ

3
Dec

पहिलो आँखा जुदाइमै मस्किएर मार्यौ फेरी

पहिलो आँखा जुदाइमै मस्किएर मार्यौ फेरी
आँखा झिम्काउदा मैले ठस्किएर मार्यौ फेरी

पाएकोले ईशारा त्यो कुरा अघी बढाउ लाग्यो
सानु भनी बोलाँउदा झस्किएर मार्यौ फेरी

जती हेर्यो हेरु लाग्ने रुप तिम्रो हे रुपशी
धड्कन बनी मुटु बिच चस्किएर मार्यौ फेरी

भोको थिए म माया भन्ने त्यो चिजको
सोध्दै नसोधी सानु माया पस्किएर मार्यौ फेरी

न भो बोलचाल हाम्रो भएन चिनाजानि पनि
छुट्ने बेला अंगालोमा कस्कीएर मार्यौ फेरी

3
Dec

आजकाल धेरै मातेकी छौ रे!!!

आजकाल धेरै मातेकी छौ रे!!!
मन अन्तै साटेकी छौ रे!!!

छोडेको केश मलाई राम्रो लाग्छ
त्एसैले आजकाल बाटेकी छौ रे!!!

अगाडि मेरो ठीक्क बनी
पछी पछी कुरा काटेकि छौ रे!!!

बाहिर सुकिलो देखिये पनि
भित्र भित्रै फाटेकी छौ रे!!!

साथ दिनेले छोडे पछी त अब
शरिरै बेच्न आँटेकी छौ रे !!!

3
Dec

सधैं जसो भेटे पछी ओठमाओठ जोड्दीनौ किन?

सधैं जसो भेटे पछी ओठमाओठ जोड्दीनौ किन?
कस्सिएर अंगालोमा मनका कुरा खोल्दिनौ किन?

आन्दोलनमा छौकि के हो, मन बन्द गरिरैछौ
मान्दा पनि सबै माग अनसन तोड्दीनौ किन?

म पनी त रिसाउँदा तिम्ले फकायसि मान्ने गर्थे
फकाएको मैले नि छु अझै जिद्दी छोड्दीनौ किन?

यती सानो गल्ती हुँदा यति साह्रो सजाय नदेउ
खुट्टा ढोगी माफ माग्छु कुरो अन्तै मोड्दीनौ किन?

सबै भन्छन सानु तिमी बोल्दिनौ रे कहिले पनि
झुटो तुल्ल्यायी सबैलाई ओठ खोली बोल्दिनौ किन

3
Dec

तिम्रा मेरा आँखा जुध्दा रिसाउने पो कोही छ कि?

तिम्रा मेरा आँखा जुध्दा रिसाउने पो कोही छ कि?
अन्तै तिम्रो मनको कुरा बिसाउने पो कोही छ कि?

तिमी जस्ती परि पाए छोड्थ्यो होला कस्ले यहाँ
हिँड्दा बाटो झ्यालमा बसी सुस्याउने पो कोही छ कि?

गोरी अल्ली हैन रैछ , कालै रैछ बर्ण
काली भनी सानीलाई खिस्याउने पो कोही छ कि?

जीवनको खोला तर्दा लाग्छ ठेस , झर्छ आँशु
झर्दा आँशु, त्यसमा हाँसो मिसाउने पो कोही छ कि?

तिम्रो दु:ख आफ्नै थानी लाग्दा चोट तिमीलाई
आँशुले त्यो परेली आफ्नो भिजाउने पो कोही छ कि?

Syndicate content