उ मलाई खास बनाउछु भन्दै थियो
भित्रभित्रै दास बनाउछु भन्दै थियो
उसका कर्तुत र मेरा नजर जुध्दाखेरी
मलाई जिउदो लास बनाउछु भन्दै थियो
मैलै अरुको भोक र भोजनको कुरा गरे
उ मलाई नै एक गास बनाउछु भन्दै थियो
उसका वर्तमानको पर्दाफास गर्दाखेरी
मलाई नै ईतिहास बनाउछु भन्दै थियो
उसको प्रहारबाट,म लडे मूर्दा भए
उ नै मेरो लागि शहिदको पास बनाउछु भन्दै थियो
प्रतिकृयाहरु
2 hours 35 min ago
2 hours 36 min ago
2 hours 37 min ago
16 hours 23 min ago
1 day 45 min ago
1 day 2 hours ago
1 day 2 hours ago
1 day 2 hours ago
1 day 2 hours ago
1 day 2 hours ago