श्याम रॊक्का

24
Sep

दशै बिशेष (गजल)

सयपत्री,मलखली, जताततै बास्ना छायॊ ।।

धनिलाइ बडादशै, अरूलाइ दशा आयॊ ।।

गाँउघर रंगीचंगी ,लीपपॊत भएकॊले

भंगेराले खुसीभइ, चिरबिर गर्दै गायॊ ।।

महंगीकॊ चपेटाले चाडपर्ब चाह हुन्न

सम्पन्नले नयाँलुगा,गरिबले झुत्रॊ लायॊ ।।

बलीदिने चाडपर्ब सर्बमान्य नभएनि

बाध्यताले दशैँ टार्न,मेलापात सधैँ धायॊ ।।

नबरथा पुजासंगै उम्रीएकॊ जमरा छ विस्तृतमा पढ्नुस् »

11
May

आँसु झार्यौ तिमिले .............

गजल

बिदाइमा आँसु झार्यौ तिमिले ।।
फेरी किन माया मार्यौ तिमिले ।।

कुमारीत्व भंग गरी सकेसी
अर्कैतिर दृष्टी सार्यौ तिमिले ।।

फुल जस्तै नम्र मेरॊ शरिर
मुसारेर नङ्ग्रा दार्यौ तिमिले ।।

मिलनकॊ घडी जुर्छ भनेर
धेरै तिथी मिति टार्यौ तिमिले।।

श्यामबर्ण भनि घृणा गरेर
किन आज एक्लै पार्यौ तिमिले ।।

7
Oct

बिजया दशमी....

गजलः
दशैँकॊ अबशरमा, शुभकामना दिएँ ।।
जबाफी शुभेच्छाहरू, यथासम्भब लिएँ ।।

सबैकॊ बिदा हुदैन, चाडपर्बमा यहाँ
आफन्त भेट नहुँदा, दुःखपुर्बक जीएँ ।।

सीरमा जमरा छैन,निधार पनि रित्तै ।।
रॊएर चित्त नबुझ्दा,सॊमरस नि पिएँ ।।

नेपाली हिन्दुहरूकॊ, महानचाड दशैँ
हिँसाले रॊएकॊ मन,संयमताले सिएँ ।।

जीबन रॊदनपुर्ण,श्यामकॊ कर्म यस्तै
प्रबासी जन्जीरभित्र,जकडीएकॊ थिएँ ।।

20
Sep

तिमी नै हौ ...............

गजल - तिमी नै हौ ।।

बात्तैपिच्छे रिसाउने तिमी नै हौ
सुख दुःख बिसाउने तिमी नै हौ ।।

तीलसरी कुरालाइ हिमाल झैँ
यॊ हृदय चिसाउने तिमी नै हौ ।।

रिसराग मनभरी पॊकॊ पर्दै
घानफेर्दै पिसाउने तिमी नै हौ ।।

दुखियारी यॊ श्यामकॊ मुहारमा
खुसीयाली मिसाउने तिमी नै हौ ।।

20
Sep

माया इश्वरीय बर

माया इश्वरीय बर,नमान्नु है श्राप ।।
प्रेम मानबिय गुण,नठान्नु है पाप।।

कॊहि अनभिज्ञ छैन,पीरतीकॊ बारे
नयाँ अनुभुती संगै,मानसिक चाप।।

हाम्ले मेट्नुपर्छ यहाँ,कुरितीकॊ गाथा
छर्दै समाजमा माया,पीरतीकॊ ताप ।।

केहि भेदभाब हुन्न,साँचॊमाया गर्दा
दन्की रहनेछ त्यहाँ,बिश्वासकॊ राप।।

श्याम चॊखॊमाया गर्छ,जातभात त्यगी
यस्ले सबैसामु पार्छ,नमेटिने छाप ।।

20
Sep

भित्रिमन रूदाँपनि हाँसीखुसी जिएँ।।

गजलः
भित्रिमन रूदाँपनि हाँसीखुसी जिएँ।।
पिरपर्दा भुलाउन सॊमरस पिएँ ।।

मायाबिना जवानीमा एक्लै बस्नु पर्दा
मुटुभरि छियापर्यॊ धैर्यताले सिएँ ।।

दुइदिने जीन्दगानी दुःखपीर धेरै
अती कष्ट भएपनि बाच्ने आशा लिएँ ।।

मेलापात गाँउठाँउ भेलाजम्मा हुँदा
सबैजना जॊडी तर आफु एक्लै थिएँ।।

मेरॊलागि श्यामबर्ण अभिसाप सरि
प्रीयसी नै नपाँउदा जॊगी भइ दिएँ ।।

रचनाः १९ सेप्टेम्बर २०१०,इजरायल

29
Apr

सहिदकॊ सपना टुट्यॊ......................

सहिदकॊ सपना टुट्यॊ,नियम कुनै खास छैन ।।
अशान्त भॊ नेपाल,शान्ती पाउने आश छैन।।

सत्ता मात्रै परिबर्तन,नेताकॊ स्वभाब उस्तै
सर्बत्र आँतंककै राज,बस्ने कुनै बास छैन ।।

डर छ सधैभरि,मर्ने−बाँच्ने टुङ्गॊ रहेन
देश भयॊ स्वाह्,नेतालाइ केहि नास छैन ।।

बन्द,जुलुस मात्रै छ,जनताहरूकै बिचल्ली
गरिबलाइ लत्ता छैन,खानलाइ गाँस छैन ।।

लडाँइ चल्यॊ यहाँ,नेताहरूकॊ गन्धे चालले विस्तृतमा पढ्नुस् »

10
Apr

अनायासै प्रेमकॊ गाँठॊ फुट्न लाग्यॊ फेरी

अनायासै प्रेमकॊ गाँठॊ फुट्न लाग्यॊ फेरी ।।
तिमीसंग चॊखॊ नाता छुट्न लाग्यॊ फेरी।।

आत्तीन्छ मन हरपल बिछॊड हुने पीरले
तिम्रै प्रेमी बन्ने सपना टुट्न लाग्यॊ फेरी ।।

अचानक हाम्रॊ प्रेममा पापी नजर पर्नाले
बेदनाकॊ सीयॊले मुटु खुट्न लाग्यॊ फेरी ।।

मनकॊ बारीमा प्रेमकॊ फुल फक्रीन नपाउँदै
असमझदारीकॊ असीनाले चुट्न लाग्यॊ फेरी।।

सुख,दुःखमा साथ दिने बाचा,कसम भुलेर विस्तृतमा पढ्नुस् »

2
Apr

तिमी बिना जीबनयात्रामा.......

तिमी बिना जीबनयात्रामा,लर्बरायॊ मेरॊ पाउ ।।
एक्लै हिड्दा हराउन लागेँ,लौ न मार्ग देखाउ।।

चारैतिर तिमीलाइ देख्छु,सपना र कल्पनामा
आँखा खॊल्दा एक्लै हुन्छु,यस्तै रेछ प्रेम घाउ।।

सधैँ पर्खी बसेकॊ छु,तिमी हिड्ने बाटॊहरू
सबै बन्धन तॊडेर,मलाइ भेट्न चाडैँ आउ ।।

मरूभुमी झैँ भएकॊ छ,एक्लै निरस जवानी
एक अन्जुली माया दिइ चॊखॊ प्रीती लाउ ।।

श्यामस्वेत बर्ण अनि जातमा भेद नराखी विस्तृतमा पढ्नुस् »

1
Apr

छुट्यॊ तिम्रॊ मायालु साथ

श्याम रॊक्का
(सल्लाहकार)
अनेसास,इजरायल,च्याप्टर ।

छुट्यॊ तिम्रॊ मायालु साथ
हल्लीयॊ बिदाइकॊ हात ।।

छाडी गयौ एक्लै बनाइ
दिन भयॊ कालॊ रात ।।

दुःख मान्दै रक्सी पीएँ विस्तृतमा पढ्नुस् »

Syndicate content