बेरोजगारी शहर मा काम खोज्ने हरु !!
जसै गरी कमाउन दाम खोज्ने हरु !!
वाध्य भै मर्छन यँहा भोको पेट लीइ,
खान लाई दुई गाँस माम् खोज्ने हरु !!
हानाथाप सडक मै मुटु काम्ने जाडो छल्न,
तताउन आफ्नै शरीर घाम खोज्ने हरु !!
गुमनाम भै बिलाउँछन्,बैमानि दुनियाँ मा,
बद्नामी को भिड मा नाम खोज्ने हरु !!
कालले छोड्ला बरु यँहा छाडनैन् मान्छे,
बनाउन आफ्नै लागि ठाम खोज्ने हरु !! विस्तृतमा पढ्नुस् »
झुठ बोल्ने हरु को ठुलै जमात भेटेँ !!
मुख खोल्ने हरुको ठुलै जमात भेटेँ!!
पाइला पाइला यँहा बिक्छन मान्छे ,
मान्छे तोल्ने हरुको ठुलै जमात भेटेँ!!
चिल्लो चिप्लो घसी चाप्लुसि गर्दै ,
पाउ मोल्ने हरु को ठुलै जमात भेटेँ!!
अमृत लाग्छ सुन्दा बोली तर बोली मै ,
बिष घोल्ने हरुको ठुलै जमात भेटेँ!!
बनाउने सुन्ये तर बिगार्न लाई हजार हात,
काम बिथोल्ने हरुको ठुलै जमात भेटेँ!! विस्तृतमा पढ्नुस् »
सबैले माया मारेको म,
छाडेर एक्लै पारेको म !!
के सक्छु र जित्न अरुलाई
आफन्त संगै हारेको म !!
न खोस्न सके न मागी पाएँ,
भोली भन्दै सबैले टारेको म !!
मानब हुँ म कसरी भनुँ???
जोत्न लाई ठीक्क नारेको म !!
सक्दिन अब फुल्न र फल्न ,
कोपिला मै झारेको म !!!
राज श्रेष्ठ तिर्थ
चिसापानी-६ रामेछाप
हाल बर्लिन जर्मनी
आगो हो यो माया जल्नु हुन्न साथी,
खरानी बनाउँछ धेरै चल्नु हुन्न साथी !!
माया मा सधैं भरी, मिलन मात्र हुन्न ,
बिछोड मा आसुँ सँगै गल्नु हुन्न साथी !!
लामो छ यात्रा यांहा छोटो जिन्दगी को,
थाकेर बिच बाटो मै ढल्नु हुन्न साथी !!
सुमधुर ज्योति छर्ने अमर दीप हो माया,
पग्लिएर मैन जस्तै बल्नु हुन्न साथी !!
मन हो आखिर बिछोड मा कस्को रुँदैन र ?
माया गरी कसैलाई छल्नु हुन्न साथी !! विस्तृतमा पढ्नुस् »
तिमी हुन्छ भन्छौ भने, म हुन्न भुन्छ र?
तिम्ले मलाई चुन्दा मैले चुन्न भन्छु र ?
माया हरु मिसाएर,, बर्णन गर्दै मेरै बारे,
तीम्ले गजल गाउँदा मैले सुन्न भन्छु र ??
सागर सरी चोखो माया दिन्छौ तीम्ले भने ,
मन्मन्दिर मा तिम्रो माया थुन्न भन्छु र ?
मेरो खुशी मा रमाउने ढल्दा हात समाउने
तिमी दुख्दा म कहिले रुन्न भन्छु र ?
बिर्सिएर सारा संसार अंगालो मा बेर्दा तीम्ले, विस्तृतमा पढ्नुस् »
धोकेबाज रैछौ माया मार्यो नभन्नु !!
साथ दिन्छु भनि एक्लै पार्यो नभन्नु!!
वाध्यत मा तिमी बाट हुँदैछु म टाढा,
निस्ठुरी ले अन्तै माया सार्यो नभन्नु!!
साँझ पख एकान्तम माया साट्न बोलाँउदा,
आइँन भने बहना बनाइ टार्यो नभन्नु !!
सुबाश छर्ने फुल तिमी,बेमानि त्यो मालीले
फुल्नै नपाई कोपिला मै झार्यो नभन्नु !!
तिम्रो लागि खुल्ला सधैं मेरो मन को ढोका,
आँगनी मै काँडे तार ले बार्यो नभन्नु !! विस्तृतमा पढ्नुस् »
मन मन्दिर मा तिम्रै लागि ठाउँ छ जरुर !!
मुटु भित्र नमिटेने तिम्रै नाउँ छ जरुर !!
छैन कुनै महल मेरो झकिझकाउ शहर मा,
मै जन्मि हुर्किएको, सुन्दर घर र गाउँ छ जरुर !!
मन मन्दिर मा तिम्रै लागि ठाउँ छ जरुर !!
भन्दिन म भौतिक सुख सबै मिल्छ भनी ,
तर तिम्रो भित्री मन खुशीले रमाउँछ जरुर !!
मन मन्दिर मा तिम्रै लागि ठाउँ छ जरुर !!
चोखो मन ले चाहेको हो कुनै शंका भये, विस्तृतमा पढ्नुस् »
तिम्रो रुप चिन्न नसक्नु गल्ती मेरै थियो
बिकाउ रैछौ किन्न नसक्नु गल्ती मेरै थियो,
फैलाई रहें हात सधैं पाउन कै लागि तिमीलाई
तिमी बाटै छिन्न नसक्नु गल्ती मेरै थियो,
सैगै यात्रा गर्दा गर्दै कहिले फरक भयो बाटो
तिमी संगै हिन्न नसक्नु गल्ती मेरै थियो
तिम्रो जित मा रमाउने म घ्रिणा को यो दौड मा
तिम्लाई उ-छिन्न नसक्नु गल्ती मेरै थियो
माया माया भन्दै तिम्ले पल पल मै चोट दियोउ विस्तृतमा पढ्नुस् »
पहिलो भेट मै नजर को छुरी चलायोउ,
मन भित्र माया को आँधी हुरी चलायोउ,
कस्तो रैछ माया भन्ने न जोख्न न गन्न मिल्ने,
मानो, पाथि हैन माया मुरी मुरी चलायोउ,
मन भित्र माया को आँधी हुरी चलयोउ,,
अली बेर त सँगै बसौ कुर कनी गरौं भन्दा,
जान लाइ बहना अनेकौँ मजबुरी चलायोउ
मन भित्र माया को आँधी हुरी चलयोउ,,
आजै देखेँ आजै भेटेँ कुर कनी आजै गरेँ
आजै फेरी कोशौँ टाढा को दुरी चलायोउ, विस्तृतमा पढ्नुस् »
आभारी छु, तिमीले मेरो लागि, जे जती गर्योउ !!
सहनु को नि सिमा हुन्छ भैगो अब त अती गर्योउ !!
खै के दिउँ तिमीलाई, शुभकामना दिउँ कि बधाई ,
गुनासो छ एउटै मेरो, किन यस्तो मती गर्योउ !
सहनु को नि सिमा हुन्छ, भैगो अब त अती गर्योउ !!
सुख लुट्ने, दु:ख दिने ,हाँसो लुटि आसुँ दिने ,
खै को सँग किन? यस्तो गोप्ये सहमति गर्योउ !
सहनु को नि सिमा हुन्छ भैगो अब त अती गर्योउ !! विस्तृतमा पढ्नुस् »
प्रतिकृयाहरु
2 hours 30 min ago
2 hours 43 min ago
2 hours 43 min ago
2 hours 43 min ago
2 hours 43 min ago
2 hours 43 min ago
2 hours 43 min ago
2 hours 43 min ago
2 hours 43 min ago
2 hours 43 min ago