साहिलीको भट्टी भित्र पस्न छाड्छु अब
तीन पाने रक्सी खान बस्न छाड्छु अब
मुसु मुसु मस्किएर रक्सी थप्न आउँदा
हात तानी बाहुपासमा कस्न छाड्छु अब
जिस्किएर नाना-भाती छाडा छाडा बोल्दै
उनी संगै दिल खोलेर हाँस्न छाड्छु अब
टिल्ल परी हल्ला गरी लड्खडाउदै हिड्दा
बाटो छेउको नालीभित्र खस्न छाड्छु अब
कैले मेरो कैले उस्को, टाउका फोरा फोर
यस्तै थुप्रै कान्डाहरुमा फस्न छाड्छु अब
यस्तो गजल लेखुँ म सब्को मन रुने होस्
रसाएर आँखाबाट बर् बर् आँशु चुहुने होस्
मेरा चोटका अध्यायहरु बिस्तारै पढ्दै जाँदा
चसक्क चसक्क घोचेर मुटु भीत्रै छुने होस्
ओल्टाई पल्टाई घाऊहरु हेर्दा खेरी दुनियाँले
ढुङ्गा जस्तो हृदय'नी छियाछिया हुने होस्
बियोगमा तड्पिएका लाखौं लाख दिलहरुको
धड्कन बनी धड्किएर ब्यथाहरु बुझ्ने होस्
यस्तो गजल लेखु म सब्को मन रुने होस् विस्तृतमा पढ्नुस् »
वनै भरी लाली गुँरास फुल्छ मेरो देशमा
फाँटैभरी धानको बाला झुल्छ मेरो देशमा
कोहिलीको कुहु कुहु त्यो मधुर भाकासंगै
उफ्री उफ्री मृग कस्तुरी डुल्छ मेरो देशमा
सिरी सिरी सिरेटोमा स्वच्छ हावा बहाउन
उत्तरमा बिहानै हिमाल खुल्छ मेरो देशमा
मोठ-मन्दिर चत्य-गुम्बा दर्शन गर्न पाउदा
दुख पिडा ती दर्द सारा भुल्छ मेरो देशमा
एक्लै एक्लै आँशु धेरै पिएर बाँच्दैछु म
दुख सुख हाँसी खुसी जिएर बाँच्दैछु म
धेरै चोट पर्या छ उनीलाई छाडी आउँदा
सम्हालिदै ती चोटहरु सिएर बाँच्दैछु म
दुख पछि सुखका दिन आउछन् अवश्य
यस्तै यस्तै स्वप्नहरु लिएर बाँच्दैछु म
केही पाउन केही त गुमाउनु नै पर्ने रैछ
उन्कै तिम्ती पर्देशमा खिएर बाँच्दैछु म
जती टाढा उती गाढा लाग्छ उन्को माया
सम्झनामा घरीघरी तड्पिएर बाँच्दैछु म विस्तृतमा पढ्नुस् »
तिम्रो हातले बनाको खाना नखाएको धेरै भो
थपी थपी टन्नै एक माना नखाएको धेरै भो
अहो मुखै रसाउने त्यो तरकारी अनी अचार
गुन्द्रुक अनी सिन्की चाना नखाएको धेरै भो
डल्ली भैंसीको मही सँग कुरुङ् कुरुङ् चपाउदै
भुटेको मकैं भट्मास् दाना नखाएको धेरै भो
टिपेर सिलौटामा पिस्दा,मङ्ग मङ्ग बसाउने
बारीको डिल्को त्यो पतेना नखाएको धेरै भो
तिम्रो हातले बनाको खाना नखाएको धेरै भो विस्तृतमा पढ्नुस् »
यहाँ बासी खब्बुस् खाएको कस्ले देख्छ र ?
दश धारा पसिना चुहाएको कस्ले देख्छ र ?
लाहुरेले त टन्न ल्याएछ भन्छन् गाउमा
तर नोक्कर बनी कमाएको कस्ले देख्छ र ?
घाम र पानी आधी-हुरी केही पनि नभनी
दिनरात दश नंग्र खियाएको कस्ले देख्छ र ?
उता उनी यता म, एक्लै एक्लै तड्पिएर
दुवैको मन धरधरी रुवाएको कस्ले देख्छ र ?
हेर्दा बाहिर झलमल्ल देख्या होलान् जीवन विस्तृतमा पढ्नुस् »
कैले काँही म संग दिक्क मान्छिन् श्रीमती
कैले चाँही रिसाएर माईत जान्छिन् श्रीमती
कुम्लो काम्लो कसेर मलाई ध्वास् देखाउदै
लाला बाला च्यापेर साथ लान्छिन् श्रीमती
आईमाईको त जातै बैगुनी तर नभै नहुनी
बिनासित्ती झर्किदै दिमाग खान्छिन् श्रीमती
जब रीस् सेलाउछ एकदुई दिनमा सम्झिदै
मेरो पनि त गल्ती छ भन्ठान्छिन् श्रीमती
लोग्ने स्वास्नीको झगडा परालको आगो हो विस्तृतमा पढ्नुस् »
जुन अनि तारा झर्ला तर झर्दैन चोखो प्रेम
अजम्बरी रही रहन्छ कैले मर्दैन चोखो प्रेम
सुन देखाउ चाँदी देखाउ या देखाउ हिरामोती
लोभ अनि लालचको पछी पर्दैन चोखो प्रेम
गुण्डागर्दी देखाई या छुटाउ दुई सम्बन्धलाई
तर कुनै डर् धम्कीले पनि डर्दैन चोखो प्रेम
बाँधिएर एक अर्काबिच जमेर रम्छ युगौसंम
जाल-झेल् छलकपट केही गर्दैन चोखो प्रेम
जस्तै बज्र आईपरोस् पिडा सहन्छन् मिलेरै विस्तृतमा पढ्नुस् »
दुई झ्याल खुल्लै थिए तर ढोका बन्द थियो
रिमीझिमी साझमा साह्रै मीठो सुगन्ध थियो
मनको खुल्दुली मेटाउन जब घुम्टो उघारियो
क्या हिस्सी परेकी मुहारमा सेता दन्त थियो
सर्माउदै एक अर्काबिच जब समिप हुँदा खेरी
दिलको धड्कन् बढेर बोली मन्द मन्द थियो
सिरसिर हावा चलेर बाहिर ठन्डी बढ्दै जादा
भित्र भने दुई मन् पग्लेर ताप प्रचण्ड थियो विस्तृतमा पढ्नुस् »
तिमी सामु हुँदा चै अती ठिक्क हुन्छ मन
केही पर जान्छौ त साह्रै दिक्क हुन्छ मन
अंगालोमा बाँधिएर मेरो साथमा रम्दा खेरी
सोह्र श्रिंगार सजिए झैं चिटिक्क हुन्छ मन
कैले काँही रिसाउदै मदेखि टाढा टाढा हुँदा
मुहारको लाली उडी झनैं फिक्क हुन्छ मन
तिमी उता म यता एक्लै एक्लै जिउनु पर्दा
बाडुल्कीले सताएर हिक्क हिक्क हुन्छ मन
प्रतिकृयाहरु
2 hours 30 min ago
2 hours 42 min ago
2 hours 42 min ago
2 hours 42 min ago
2 hours 42 min ago
2 hours 42 min ago
2 hours 42 min ago
2 hours 42 min ago
2 hours 42 min ago
2 hours 42 min ago