बाँच्नु नै छ जिन्दगीको जस्तोसुकै गति भए पनि
बाँच्नु लाई पिउनु छ , धेरै थोरै जति भए पनि
मुहार उनको राम्रो थियो , बोली पनि उस्तै राम्रो
दुई पाईला साथ दिईन , छुटिने मति भए पनि छुटिने
नशा आखिर नशा हो बोतलको या आँखाको
छाम छुम गरेर हिड्छु अब त बत्ती भए पनि
तिमी कहाँ सुत्छयौ कुन्नि, मेरो बोतल मैसँग सुत्छ
मनमा शान्ति हुन्छ , मुटुमा क्षति भए पनि विस्तृतमा पढ्नुस् »
जून हटाई मेरो रातमा तिमी छाउनु आज
आँखा अगाडीको आगँनमा आउनु आज
दिन देखि डर लाग्छ, रात धेरै प्यारो लाग्छ
रातभरि मिठा मिठा गीत तिमी गाउनु आज
बन्द आँखा भित्र तिमी, सधै सधै कैद हुन्छ्यौ
मेरो आँखामा मायाको पट्टी तिमी लाउनु आज
माया धेरै, लाज थोरै, देख्छु म तिम्रो आँखामा
मायामा डुब्न तिमीलाई, पर्दैन धाउनु आज
आँखाको किनारामा, सधै सफर गर्छौ
मेरो आँखामा तिमी, आफूलाई पाउनु आज
यात्रा क्षितिज सम्मको तय गरेको छु
अविरल, अथक हिड्ने निश्चय गरेको छु
सुख सबै निचोडेर जिन्दगीबाट
आज मनको भाँडोमा सञ्चय गरेको छु
धेरै हराई सक्यो मलाई जिन्दगीले
आज जिन्दगी माथि विजय गरेको छु
कति नाँच्ने जिन्दगीको सुर तालमा
आज आफैले बेग्लै अभिनय गरेको छु
कति चिसा रातहरु काट्ने मैले भनी
आज आफैले सूर्यको उदय गरेको छु
ढुंगाभित्र देउता खोजी नपुजेको हो र ?
देउतालाई हामीले नचिनेको हो र ?
श्लेष्मान्तकमा बाँदरहरु राज गर्छन् रे
पशुपतिमा साच्चै शिव रमेको हो र ?
स्वयम्भूको दुईटा आँखाले न्याय अन्याय हेर्छन् रे
न्याय अन्याय छुट्याएर हेरेको हो र ?
लुम्बिनीमा मान्छे मारिन्छन्, काटिन्छन् रे
मेरो देशमा गौतम नजन्मेको हो र ?
गरीब जति दुःखी, धनी जति सुखी रे
सुखको परिभाषा हाम्ले नबुझेको हो र ? विस्तृतमा पढ्नुस् »
तिमि म जस्तै, म तिमि जस्तै, हामी हैनौ पराई
जहाँ बसे पनि एक हौ, हिमाल, पहाड या तराई
यो गज़ल मैले लेखेको होइन देशले लेखेको हो
रगत जस्तै रातो मसि पनि लेखि रहेछ डराई डराई
छताछुल्ल पोखिए शब्दहरु, नेपाली को आशु बगेझैँ
समेटिएर गीत बन्ने एउटा नया सपना सजाई
तिमि हारे पनि नेपाली हार्छ, म हारे पनि नेपाली
छोडी देउ अब यो जसरी नि नेपाली मात्र हार्ने लडाई विस्तृतमा पढ्नुस् »
प्रतिकृयाहरु
2 hours 36 min ago
2 hours 37 min ago
2 hours 38 min ago
16 hours 24 min ago
1 day 46 min ago
1 day 2 hours ago
1 day 2 hours ago
1 day 2 hours ago
1 day 2 hours ago
1 day 2 hours ago